jrusuk
jrusuk
  • Home
  • News
  • Executive Team
  • Support Group
  • Distinguished Members
  • Member Subscriptions
  • Event Calendar
  • Donation & Donor List
  • Constitution
  • Video
  • Contact Us
  • Shop
  • Dheusi Bhailo
जिमी (राई) उत्थान समाज युके

जिमी (राई) उत्थान समाज युके - बिधान् २०१९

प्रस्तावनाः –

प्रत्येक नागरिकलाई प्राचलित परम्पराको मर्यादा राख्न सनातनदेखि चलिआएको आफ्नो धर्मको अवलम्वन, अध्यन र अभ्यास गर्न पाउने स्वतन्त्रता युके को रहेको र यसैलाई आधर मानि बेलायत जिमी (राई) हरुको कला, संस्कृति र परम्पराको संरक्षण र संर्वदन गर्दै सामाजिक आर्थिक र संस्कृतिक उत्थान गर्ने पवित्र उद्यश्यका साथ जिमी (राई) उत्थान सोलु यु के को बिधान २०१९ तय गरिएको छ । 


परिच्छेद – १

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भः

क. यो समाजको नाम “जिमी (राई) उत्थान समाज युके” र छोटकरीमा (जि.उ.स.) तथा

अंग्रेजीमा “Jimee (Rai) Upliftment Society (JUS) UK” रहने छ । 

ख. यो विधानको नाम जिमी (राई) उत्थान समाज युके विधान २०१९ रहने छ ।

ग. यो विधान मिति २०१९ देखि लागु हुनेछ ।


परिच्छेद – २

परिभाषा

२. विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विधानमाः

(क) “विधान” भन्नाले जिमी (राई) उत्थान समाज युके विधान २०१९ लाई जनाउंछ ।

(ख) “जिमी (राई)” भन्नाले सोलुखुम्बू जिल्लामा स्थायी बसोबास गरेको वा पुखौली घर सोलु भई हाल अन्यत्र (स्वादेश वा विदेश) बसोबास गरिरहेका राई जातिलाई जनाउँछ ।

(ग) “समाज” भन्नाले जिमी (राई) उत्थान समाज युके जनाउँछ ।

(घ) “सदस्य” भन्नाले यस विधान अनुसार सदस्यता प्रप्त व्यक्तिलाई जनाउँछ ।

(ङ) “क्रियशील सदश्य”भन्नाले सन २००९ देखी संस्थाले तोके अनुसार मासिक लेभी वुझाउदै आएको सदश्यलाई जनाउने छ ।

(च) “कार्य समिति” वा “समिति” भन्नाले जिमी (राई) उत्थान समाजको स्थानीय, क्षेत्रीय र केन्द्रीय कार्य समितिलाई जनाउँछ ।

(छ) “वार्षिक साधारण सभा भन्नाले प्रत्यक वर्ष आयोजना गरिने सदस्यहरुको भेलालाई जनाउँछ ।


परिच्छेद – ३

३. कार्यालयः

समाजको वेलायत शाखाको केन्द्रीय कार्यालय युके को कुनै पनि उपयुत्त स्थानमा तत्कालिन कार्या समितीको निर्णय अनुसार हरेक समितिको अफ्नो मातहतमा रहने गरी सञ्चालन गर्न सक्नेछ ।


परिच्छेद – ४

४. छाप र झण्डाः

संस्थाको छाप अनुसूची १ र झण्डा अनुसूची २ मा व्यवस्था भए बमोजिम हुनेछ । 


परिच्छेद – ५

उद्देश्य

५. समाजका उद्देश्यहरु देहाय वमोजिम हुनेछन्ः

(क) बेलायतमा बसोबास गर्ने जिमी (राई) हरु बीच एकतावद्यता कायम गर्दै अन्य समुदायहरुसंग सुमधुर सम्बन्ध कायम साख्ने ।

(ख) जिमी (राई) हरुको गौरबगाथा झल्किने गरी पत्रिका प्रकाशन गर्ने, डकुमेन्ट्री टेलिफिल्म आदि बेलायतमा निर्माण तथा प्रर्दशन गर्नुमा सहयोग पुरुयाउँने ।

(ग) जिमी (राई) हरुमा धार्मिक, सांस्कृतिक तथा सामाजिक चेतना जगाउने ।

(घ) जिमी (राई) हरुको नया पिढीहरुमा मातृ भाषा र नेपाली भाषालाई प्रत्साहित गर्ने विभिन्न कार्यक्रमहरु र वर्कशपहरु सन्चालन गर्ने ।

(ङ) बेलायतमा रहेका सदश्यहरुलाई प्राकृतिक विपद परेमा आर्थिक तथा मौलिक सहयोग उपलब्ध गर्ने ।


परिच्छेद – ६

सदस्यता

६. सदस्यताको योग्यताः

यो विधान स्वीकार गर्ने १८ वर्ष उमेर पुगेका जिमी (राई) हरुले यसको सदस्यता प्रप्तगर्न सक्नेछन् ।

७. सदस्यको प्रकारः

यस समाजबाट निम्न तिन किसिमका सदस्यता प्रदान गर्न सकिनेछ । 

(क) साधारण सदस्यता

(ख) विशिष्ट सदस्यतब

(ग) मानार्थ सदस्यता 


स्पष्टीकरणः– 

मानार्थ सदस्य भन्नाले सदस्य भन्दा पृथक रहेर पनि समाजिक उत्थानको लागि विशेष योगदान पु¥याउनु हुने जिमी वा गैह् जिमीलाई समाजद्घारा सम्मानार्थ प्रदान गरिने सदस्यतालाई जनाउँदछ । यस्तो सदस्यता कार्य समितिले मुल्याङ्कनको अधारमा विभिन्न व्यक्ति वा संघ संस्थालाई पनि प्रदान गर्न सक्नैछ । 

८. सदस्यता सुल्कः

सदस्यता सुल्क निम्न अनुसार रहनेछ ।

(क) साधरण सदस्यता सुल्क = ५ पाउन्ड मासिक, ६० पाउन्ड वार्षिक ।

(ख) विशिष्ट सदस्यता सुल्क   = ५० पाउन्ड  र मासिक सुल्क ।

(ग) मानार्थ सदस्यता सुल्क   = १०० पाउन्ड देखि माथि ।


स्पष्टीकरण – १

मर्सिक शुलक स्टरलिङ्ग पाउण्ड ५ बुझाउनेलाई साधारण सदस्यता प्रदान गरिनेछ । यस्तो सदस्यता हरेक वर्ष नविकरण गर्नु पर्नेछ । विशिष्ट÷आजीवन सदस्य र मानार्थ एक पटक मात्र त्यस्तो तोकिएको शुल्क वुझाए पुग्नेछ ।

९. सदस्यको अयोग्यताः

देहाय बमोजिमका व्यक्ति यस समाजको सदस्यताको लागी योग्य मानिने छैन ।

(क) १८ वर्ष उमेर नपुगेको व्यक्ति ।

(ख) मानसिक सन्तुलन बिग्रेको व्यक्ति ।

(ग) जिमी (राई) धर्म, संस्कृति, परम्परा र संस्कारप्रति घृणा वा दोष फैलाउने व्यक्ति ।

(घ) कुनै अदालतबाट नैतिक पतन देखिने फौज्दारी अभियोगमा सजाय पाएको व्यक्ति ।


परिच्छेद – ७

१०. संस्थाले सदस्यहरुलाई दिने सहयोगहरुः

मानव जीवनमा बिभिन्न रोग, समस्यहरु आईपर्ने हुदा मुटु, मृगौला र क्यान्सर जस्ता राेग बनाएका सदस्यहरुलाई वा मृत्यु भएको अवस्थामा परिवारलाई परिस्थिति हेरेर तत्कालिन कार्य समितिले निर्णय गरी देहाय अनुसार सहयोग पुराउँने कोशिस गर्नेछ । 

(क) सबै तहका सक्रिय सदश्यलाई = ५०० पाउन्ड सम्म।


परिच्छेद – ८

कार्या समिति

११. समाजको कार्य समिति देहाय वमोजिम रहने छन् ।

(क) स्थानिय÷बेलायत कार्या समितिः

पुर्खौली घर सोलुखुम्बू भै हाल युकेमा स्थायी वा अस्थायी बसोबास गर्ने संस्थाको सदस्य मध्यबाट कम्तीमा १ जना महिलासहित ५ देखि ९ जनाको कार्या समिति गठन गरिनेछ । कार्या समितिमा देहाय बमोजिम पदहरु रहने छन् ।

अध्यक्ष = १

उपाध्यक्ष  = १

सचिव  = १

सहसचिव  = १ 

केषाध्यक्ष  = १

सदस्य  = १ देखि = ४ जना सम्म 


स्पष्टीकरणः

युके कार्या समितिमा प्रत्यक्ष निर्वाचनबाट ४ जना सदस्य तथा ५ जना सदस्य कार्या समितिको सहमतिमा अध्यक्षद्घारा मनोनयन गरिनेछ र आवश्यक परेमा अकाश्मीक बैठक राखि अध्यक्षले मनोनयन चयन गर्नेछ र अध्यक्षको लागी अवाश्यक परेमा बाकी रहेका कार्या समितिबाट निर्णय गरि अध्यक्षको चयन गरिनेछ ।

१२. कार्या समितिको बैठकः

युके केन्द्रीय समितिको बैठक कम्तिमा प्रत्यक ३ महिनामा एक पटक बस्नेछ । बैठकको गणपूरक संख्य सम्पुर्ण सदस्यको ५१% लाई मानिनेछ ।


परिच्छेद ९

१३. काम कर्तव्य र अधिकारः

(क) कार्यालय सञ्चालन गर्ने ।

(ख) आर्थिक कोष खडा गर्ने ।

(ग) वार्षिक लेखा परीक्षण गर्ने ।

(घ) सदस्यता वितरण तथा नविकरण गर्ने । 

(ङ) नेपाल केन्द्रीय समितिबाट प्राप्त सुझाब, नितिहरुको कार्यान्वयन र पालना गर्ने गराउने ।

(च) केन्द्रीय तथा क्षेत्रिय समितिसंग समन्वय राखी कार्या गर्ने ।

(छ) राजीनामा स्वीकृतिगर्ने र रिक्त स्थान पूर्ति गर्ने ।

(ज) संस्थाको उद्देश्य अनुरुप काम गर्ने । 


परिच्छद १०

१४. पदाधिकारीहरुको काम कर्तब्य र अधिकार:


१. अध्यक्ष:

(क) बैठक बोलाउने ।

(ख) बैठकको अध्यक्षता गर्ने ।

(ग) कार्य समितिलाई निरिक्षण तथा निर्देशन गर्ने ।

(घ) कार्य समितिको बैठकमा मत बराबर भएमा निर्णायक मत दिने ।

(ङ) समितिमा पेश गरिने प्रस्तावहरु तयार गर्ने गराउने ।

(च) आफ्नो अधिकार प्रत्यायोजन गर्ने ।

(छ) बैठकका निर्णयहरु कार्यान्वयन गर्ने गराउने ।


२. उपाध्यक्ष:

(क) अध्यक्षलाई सहयोग गर्ने ।

(ख) अध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने ।

(ग) अध्यक्षले प्रत्यायोजन गरेको अधिकार प्रयोग गरी कार्य संञ्चालन गर्ने ।


३. सचिव: 

(क) अध्यक्षको निर्देशन बमोजिम बैठक बोलाउने ।

(ख) प्रश्ताव तथा निर्णयहरु माइन्यूत गर्ने ।

(ग) समितिको दैनिक तथा कार्यालय सम्बन्धी कार्य गर्ने ।

(घ) बार्षिक कार्यक्रम बनाई कार्या न्वयन गर्ने ।

(ङ) संस्थाको सम्पुर्ण कागजातहरुको जिम्मा लिने ।


४. सह–सचिव:

(क) सचिबलाई सहयोग पुराउने ।

(ख) सचिवको अनुपस्थितिमा सम्पूर्ण जिम्मेवारी लिई कार्य गर्ने ।

(ग) सचिवले प्रत्यायोजन गरेको कार्यहरु गर्ने ।


५. कोषाध्यक्ष:

(क) संस्थाको आय व्ययको विवरण राख्ने ।

(ख) बार्षिक आम्दानी खर्च तथा वासलात तयार गर्ने । 

(ग) समाजको चल अचल सम्पत्तिको बिबरण राख्ने र तिनिहरुको संरक्षण गर्ने ।

(घ) आर्थिक कोष निर्माण गर्ने ।

(ङ) अध्यक्षको निर्देशन वमोजिम काम गर्ने ।


परिच्छेद ११

१५. सम्मेलन र प्रतिनिधिको व्यावस्थाः

प्रत्यक ४ बर्षमा स्थानिय कार्य समितिले सम्मेलनको आयोजना गर्नेछ । सम्मेलनले नयाँ कार्य समितिको निर्वाचन, भावि नीति निर्माण लगायत आवश्यक निर्णहरु गर्ने छ । 

१६. गणपुरक संख्याः–

सबै तहका सम्मेलनमा गणपुरक संख्या ५१ % प्रतिनिधिको संख्यालाई मानिने छ ।


परिच्छद १२

संस्थाको कोष

१७. समाजको आर्थिक कोष अन्तर्रगत साधारण कोष मात्र रहने छ ।

यस कोषमा जम्मा हुने रकमलाई संस्थाको काममा लगाउन बढाउन वा भोग चलन गर्न सकिनेछ । साधरण कोषको स्रोतहरु निम्न हनेछन् ।

(१) सदस्यता तथा नविकरण शुल्क ।

(२) चन्दा तथा अनुदान सहयोग ।

(३) संस्थाको विविध आम्दानी, जस्तै देउसी भैलो ।  


परिच्छेद १३

१८. लेखा परिक्षण:

(क) प्रत्येक कार्य समितिहरुले वार्षिक रुपमा लेखा परीक्षण गराउनु पर्नेछ । 

(ख) लेखा परीक्षणको प्रतिवेदन प्रत्यक बर्ष स्थानीय अधिकारी समक्ष पेश गर्नु पर्नेछ । 


परिच्छेद् – १४

निर्वाचन प्रक्रिया

१९. निर्बाचन समिति:–

(क) कार्य समितिले सम्मेलन प्रतिनिधिहरु मध्येबाट तीनजनाको निर्वाचन समिति गठन गर्नेछ । निर्बाचन समितिले विधानको परिधिभित्र रही निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया निर्धाण गरी कार्य गर्नेछ । 

(ख) निर्वाचन समितिका सदस्यहरुले कार्य समितिको उम्मेद्वार हुन तथा अन्य उम्मेद्वारहरुको प्रस्तावक, समर्थक हुन पाउनै छैनन् । तर मताधिकारको प्रयोग गर्न पाउनेछन् । 

(ग) निर्बाचनसम्बन्धी प्रक्रिय समाप्त भए पछि निर्बाचन समिति स्वतः बिगठन हुनेछ ।

निर्बाचन समितिले उपयुक्त सम्झेको तरिकाबाट यो विधानको अधिनमा रही निर्बाचन सम्पन्न हुनेछ । 


परिच्छेद – १५

२०. खारेजी तथा वचाउ:

१. संस्था सञ्चालन गर्ने संञ्चालक समिति नरहेमा यो संस्था स्वतः खारेज भएको मानिनेछ र संस्थाको सबै श्रोत केन्द्रिय समितिलाई बुझाईनेछ। 

२. यो विधान संसोधन हुनुभन्दा अगाडि भए गरेका सम्पुर्ण कार्यहरु यसै विधान बमोजिम भएको मानिनेछ । 


अनुसूचीः–

अनुसूची –१. 

जिमी (राई) उत्थान समाज युके को छाप र झण्डा जिमी (राई) उत्थान समाज, सोलु केन्द्रीय समितिसंग सम्वन्धित हुनेछ ।

अनुसूची –२.

संस्थाको नाममा खोलिएको कुनै पनि सामाजिक अनलाईन, प्रविधि माध्यमलाई संस्थाकै हकअधिकारमा र सल्लाह शुकृतिमा मात्र चलाउन सकिनेछ । 

Copyright © 2024 JRUSUK - All Rights Reserved.

  • Home
  • News
  • Executive Team
  • Support Group
  • Distinguished Members
  • Member Subscriptions
  • Event Calendar
  • Donation & Donor List
  • Constitution
  • Video
  • Contact Us
  • Privacy Policy
  • Terms and Conditions